अमेरिकाले अध्यागमन कानुन उल्लंघनको आरोपमा थप ९ जना नेपाली नागरिकलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई गत साता नेपाल फर्काइएको हो।

फर्काइएका नेपालीहरूमा विश्वकर्मा, वली, केसी, भण्डारी, देवकोटा, बोहोरा, शेर्पा लगायतका थरका रहेका छन्। उनीहरूलाई एयर इन्डियाको विमानमार्फत काठमाडौं ल्याइएको हो। ५ जना बिहीबार र ४ जना मंगलबार काठमाडौं फर्काइएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार, पछिल्लो समयमा अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरू अमेरिकाबाट नियमित रूपमा निष्कासित भइरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रावसन नीतिले गर्दा गैरकानुनी बसाइ रहेका नेपालीहरू अमेरिकाको अध्यागमन प्रहरीले निगरानीमा राख्दै आएको छ। केही नेपालीलाई त चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको जानकारी प्राप्त छ।











