अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपालीको उपस्थिति, नेपाली संस्कृति र पहिचानको जगेर्ना

जेठ ३ अंकित अधिकारी सिड्नी ,

अहिले अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन्, जसमा सिड्नी क्षेत्रमा झण्डै डेढ लाख नेपाली रहेका छन्। अध्ययन र रोजगारीका लागि यहाँ आएका नेपालीहरूको तन अस्ट्रेलियामा भए पनि मन भने सधैं नेपालमै रहन्छ, जसले उनीहरूलाई मौलिक संस्कार र पहिचानमा जोडिरहने बनाउँछ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालको जनसंख्या करिब तीन करोड रहेकोमा करिब एक करोड नेपाली विदेशमा रहेको अनुमान गरिएको छ। यति ठूलो संख्यामा विदेशी भूमिमा रहे पनि नेपालीहरू आफ्नो संस्कृति र परम्पराको जगेर्नामा विशेष ध्यान दिन्छन्।

अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक हो जहाँ चिनियाँ, भारतीयलगायत विश्वभरका आप्रवासी समुदायको उपस्थिति छ। सबैले आ–आफ्ना चाडपर्व र संस्कृतिलाई सम्मानपूर्वक मनाउँछन्। नेपाली समुदायले पनि दसैं, तिहार र नयाँ वर्षजस्ता चाडपर्व भव्य रूपमा मनाउँदै आएका छन्। विशेषगरी राजधानी क्यानबेरामा विगत चार वर्षदेखि नेपाली नयाँ वर्ष वैशाख १ को अवसरमा भव्य कार्यक्रम हुँदै आएको छ, जसमा अस्ट्रेलिया सरकारका प्रतिनिधि र विभिन्न दलका नेताहरूको उपस्थिति रहने गरेको छ।

यी कार्यक्रमहरूले नेपाली संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्न सहयोग गरिरहेको छ र अस्ट्रेलियामा रहेका अन्य समुदायहरूलाई नेपाल र नेपालीपनको अनुभव दिलाइरहेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङद्वारा निर्माण तीव्र बनाउन निर्देशन
  • २०८२ पुष ६, आईतवार ०६:२२ बजे

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। सडक विस्तारमा भइरहेको ढिलासुस्तीको कारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीको रेस्टुरेन्ट बाहिर दिउँसोको समयमा गोलीकाण्ड, तीन जना गम्भीर घाइते
  • २०८२ असार २, सोमबार ०१:३४ बजे

अंकित अधिकारी , अस्ट्रेलियाको सिड्नीस्थित अर्बन क्षेत्रमा रहेको एम ब्रदर्स कबाब शप अगाडि दिउँसोको भीडभाडको समयमा भएको गोलीकाण्डमा दुई पुरुष र एक महिला गम्भीर घाइते भएका छन्। घटनास्थलमा प्रहरीद्वारा क्राइम…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *