अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपालीको उपस्थिति, नेपाली संस्कृति र पहिचानको जगेर्ना

जेठ ३ अंकित अधिकारी सिड्नी ,

अहिले अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन्, जसमा सिड्नी क्षेत्रमा झण्डै डेढ लाख नेपाली रहेका छन्। अध्ययन र रोजगारीका लागि यहाँ आएका नेपालीहरूको तन अस्ट्रेलियामा भए पनि मन भने सधैं नेपालमै रहन्छ, जसले उनीहरूलाई मौलिक संस्कार र पहिचानमा जोडिरहने बनाउँछ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालको जनसंख्या करिब तीन करोड रहेकोमा करिब एक करोड नेपाली विदेशमा रहेको अनुमान गरिएको छ। यति ठूलो संख्यामा विदेशी भूमिमा रहे पनि नेपालीहरू आफ्नो संस्कृति र परम्पराको जगेर्नामा विशेष ध्यान दिन्छन्।

अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक हो जहाँ चिनियाँ, भारतीयलगायत विश्वभरका आप्रवासी समुदायको उपस्थिति छ। सबैले आ–आफ्ना चाडपर्व र संस्कृतिलाई सम्मानपूर्वक मनाउँछन्। नेपाली समुदायले पनि दसैं, तिहार र नयाँ वर्षजस्ता चाडपर्व भव्य रूपमा मनाउँदै आएका छन्। विशेषगरी राजधानी क्यानबेरामा विगत चार वर्षदेखि नेपाली नयाँ वर्ष वैशाख १ को अवसरमा भव्य कार्यक्रम हुँदै आएको छ, जसमा अस्ट्रेलिया सरकारका प्रतिनिधि र विभिन्न दलका नेताहरूको उपस्थिति रहने गरेको छ।

यी कार्यक्रमहरूले नेपाली संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्न सहयोग गरिरहेको छ र अस्ट्रेलियामा रहेका अन्य समुदायहरूलाई नेपाल र नेपालीपनको अनुभव दिलाइरहेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

स्विस बैंकमा नेपाली अवैध सम्पत्ति छानबिनका लागि सहयोग माग
  • २०८२ चैत्र २६, बिहीबार ०८:४२ बजे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालबाट अवैध रूपमा आर्जित सम्पत्ति स्विस बैंकमा जम्मा भएको आशंकाबारे अनुसन्धान गर्न स्वीट्जरल्यान्डसँग औपचारिक सहयोग माग गरेका छन्। गृह मन्त्रालयमा बुधबार नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *