आज क्रिसमस डे: नेपालभर क्रिश्चियन समुदायले प्रेम, शान्ति र मुक्तिको सन्देशसहित मनाउँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ।

नेपाल ख्रीष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानवजातिलाई तीन महत्वपूर्ण खुसियाली दिनुभएको मान्यता छ। मुक्ति, प्रेम र शान्तिको सन्देश दिनु भएको विश्वासका कारण क्रिसमसलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने परम्परा रहेको उनले बताए।

विश्वभर मनाइने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घको अगुवाइमा महोत्सवका रूपमा मनाउन थालिएको हो। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ। कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकारवाला निकाय, मानव अधिकारकर्मी लगायतको सहभागिता रहने जनाइएको छ।

क्रिसमस डे का अवसरमा विसं २०६३ देखि २०७४ सम्म नेपालमा सार्वजनिक बिदा दिइँदै आएको थियो। विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो भने विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइएको छ।

पछिल्ला वर्षहरूमा क्रिसमसको अवसरमा काठमाडौंसहित देशका मुख्य सहरका प्रमुख स्थानहरू क्रिसमस ‘ट्री’ र झिलिमिली बत्तीले सजिने गरेका छन्। विशेषगरी ठमेल, बौद्ध, पोखरा, सौराहा जस्ता पर्यटकीय क्षेत्रहरूमा क्रिसमसको रमझम बढी देखिन्छ।

महासङ्घको दाबीअनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा रहेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

हेयर ट्रान्सप्लान्ट के हो? प्रक्रिया, महत्व र नेपालमा यसको बढ्दो माग
  • २०८२ बैशाख ३०, मंगलवार ०५:५९ बजे

बैशाख ३०, अंकित अधिकारी : आजको समयमा सौन्दर्य र आत्मविश्वाससँग सम्बन्धित धेरै कुरा कपालसँग जोडिएका छन्। युवादेखि बुढासम्म धेरै नेपालीहरू अहिले कपाल झर्ने समस्या (Hair Loss) बाट पीडित छन्। यस्ता…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

बुद्ध जयन्तीको अवसरमा शान्ति र करुणाको सन्देश
  • २०८२ बैशाख २९, सोमबार ०७:२० बजे

२९ वैशाख, शान्ति, अहिंसा र करुणाका सन्देश वाहकका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९औं जन्म जयन्ती आज नेपालसहित विभिन्न मुलुकमा श्रद्धाका साथ मनाइँदैछ। यस विशेष अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *