
काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीमा रहेको ‘होटल मेन्स’ मा आठजनाको समूहले ३ लाख ६३ हजार रुपैयाँ लुटपाट गरेका छन्। उनीहरूले पीडितसँग नगद लुट्नुका साथै डर देखाएर बैंक खाता र ईसेवा मार्फत रकम ट्रान्सफर गराएका थिए।
घटनापछि पीडितको उजुरीका आधारमा काठमाडौं प्रहरी टोलीले ती लुटेरा समूहलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपुर, चितवन, लमजुङ, र सुनसरीका ८ युवा छन्, जसमा एक महिला पनि छन्।
पक्राउ परेकाहरूबाट ९ वटा मोबाइल, एक थान मोटरसाइकल (बा.प्र. ०२–०५३ प ९८७८) र नगद ५२ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।