काठमाडौंको होटल मेन्समा लुटपाट, ३ लाख बढी रकम लुट्ने ८ जना पक्राउ

काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीमा रहेको ‘होटल मेन्स’ मा आठजनाको समूहले ३ लाख ६३ हजार रुपैयाँ लुटपाट गरेका छन्। उनीहरूले पीडितसँग नगद लुट्नुका साथै डर देखाएर बैंक खाता र ईसेवा मार्फत रकम ट्रान्सफर गराएका थिए।

घटनापछि पीडितको उजुरीका आधारमा काठमाडौं प्रहरी टोलीले ती लुटेरा समूहलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपुर, चितवन, लमजुङ, र सुनसरीका ८ युवा छन्, जसमा एक महिला पनि छन्।

पक्राउ परेकाहरूबाट ९ वटा मोबाइल, एक थान मोटरसाइकल (बा.प्र. ०२–०५३ प ९८७८) र नगद ५२ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *