
सोमबार साँझको अविरल वर्षापछि काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी ३५ वर्षीया रेनुका गिरी अझै फेला परेकी छैनन्।
खेतमा काम सकेर घर फर्किंदै गर्दा बाढीमा परेकी गिरीको खोजी कार्यमा आज बिहानैदेखि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिमप्राप्त टोली खटिएको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पनौतीस्थित अस्थायी सुरक्षा बेसबाट प्रहरी निरीक्षक भिमसेन केसीको नेतृत्वमा खोजी कार्य जारी राखेको छ।