लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि सुरु

३१ वैशाखः लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आज ३१ वैशाखदेखि सुरु हुँदैछ। वैशाख २५ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालको संविधानको धारा १८३(१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो।

आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइनेछ भने प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभएको छ।

यसैबीच, प्रदेश सरकारले आगामी जेठको पहिलो साता नीति तथा कार्यक्रम संसद्मा पेश गर्ने तयारी गरिरहेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *