गुल्मीमा मोटरसाइकल दुर्घटना, सबइन्जिनियरको मृत्यु

गुल्मीको रेसुङ्गा नगरपालिका–६ सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटनामा परेर एक सबइन्जिनियरको ज्यान गएको छ। दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुले जानकारी दिनुभएको छ।

चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल गएराति करिब १०:३० बजे अनियन्त्रित भई सडकछेउको नालीमा खस्दा उनी गम्भीर रूपमा घाइते भइ मृत्यु भएका हुन्। घटनाको समयमा उनी एक्लै सवार थिए।

मृतक चौधरी गुल्मीस्थित इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सबइन्जिनियरको रूपमा कार्यरत थिए। दुर्घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक भूपेन्द्र थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *