चितवनमा गैँडाको खागसहित दुई जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको गैँडाको खागसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। आइतबार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भरतपुर महानगरपालिका–९ स्थित बीसहजार रोडबाट दिउँसो करिब ३ बजे ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूको नाम हाल सार्वजनिक गरिएको छैन। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार खाग तस्करीमा अरूको संलग्नता हुनसक्ने आशंकामा विस्तृत अनुसन्धान भइरहेकोले पहिचान गोप्य राखिएको हो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *