नेपाली कांग्रेसका पूर्वसचिव रामअयोध्या यादवको निधन

नेपाली कांग्रेस बाराका पूर्वसचिव तथा संविधानसभा सदस्य रामअयोध्या यादवको ७२ वर्षको उमेरमा आज बिहान वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा निधन भएको छ। उहाँ मिर्गौला रोगबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो।

बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगातका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए। उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यादवको निधनमा गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। देउवाले यादवको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान पार्टीले सधैं सम्झिरहने बताउनुभएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस
  • २०८२ पुष ६, आईतवार ०६:१६ बजे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस भएका छन्। पार्टीको झापा निर्वाचन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *