नेपाली कांग्रेसका पूर्वसचिव रामअयोध्या यादवको निधन

नेपाली कांग्रेस बाराका पूर्वसचिव तथा संविधानसभा सदस्य रामअयोध्या यादवको ७२ वर्षको उमेरमा आज बिहान वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा निधन भएको छ। उहाँ मिर्गौला रोगबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो।

बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगातका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए। उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यादवको निधनमा गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। देउवाले यादवको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान पार्टीले सधैं सम्झिरहने बताउनुभएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने, आज सचिवालय बैठक पनि
  • २०८३ बैशाख ६, आईतवार ०१:२९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार (वैशाख ७) दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको रास्वपाका प्रवक्ता मनिष…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

नव निर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
  • २०८२ चैत्र १५, आईतवार ०६:११ बजे

 नव निर्वाचित सांसदहरूले आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना जारी गर्दै निर्धारित समयभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *