नेपाल राष्ट्र बैंकको १८औं गभर्नर आज नियुक्त हुने सम्भावना

काठमाण्डौ — लामो प्रतीक्षापछि नेपाल राष्ट्र बैंकले सोमबार १८औं गभर्नर पाउने सम्भावना रहेको छ, यदि अन्तिम समयमा कुनै अप्रत्याशित परिवर्तन नभएमा। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।

बैठक बालुवाटार वा सिंहदरबारमा बस्ने भन्ने टुंगो लागिनसके पनि गभर्नर नियुक्तिको सम्भावनाबारे एक मन्त्रीले जानकारी दिएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको सहमतिअनुसार अर्थशास्त्री तथा कांग्रेस निकट डा. विश्व पौडेललाई गभर्नर बनाउन आवश्यक तयारी पूरा भइसकेको छ।

पूर्व गभर्नर सिफारिस समिति सदस्य पौडेलले वैशाख २८ गते राजीनामा दिई गभर्नर बन्ने बाटो खोलिसकेका छन्। उनको स्थानमा सरकारले डा. पोषराज पाण्डेलाई समिति सदस्यमा नियुक्त गरिसकेको छ। लामो समयदेखि राष्ट्र बैंक गभर्नरविहीन रहँदै आएको छ।

सोमबार मन्त्रिपरिषद् बैठकअघि सिफारिस समिति बैठक बस्नेछ, जसले पौडेलसहित ३ जनाको नाम सिफारिस गर्नेछ। साँझको मन्त्रिपरिषद्ले पौडेललाई गभर्नरमा नियुक्त गर्ने सम्भावना छ।

तर, पौडेलमाथि कानुनी र नैतिक प्रश्न पनि उठेका छन्। गभर्नर सिफारिस समिति सदस्य रहेर आफैं नियुक्तिमा अघि बढ्नु र विगतमा चितवन–१ बाट संघीय सांसदको उम्मेदवारी दिएका कारण उनको राजनीतिक संलग्नता पनि आलोचनाको विषय बनेको छ। राष्ट्र बैंक ऐनको दफा २१ अनुसार गभर्नर पदमा नियुक्त हुने व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य नरहनुपर्ने व्यवस्था छ।

यिनै कारण, सम्भावित कानुनी चुनौतीबाट बच्न मंगलबार बिहानै सपथ ग्रहण गरी पदबहाली गराउने तयारी समेत गरिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *