नेपाल राष्ट्र बैंकको १८औं गभर्नर आज नियुक्त हुने सम्भावना

काठमाण्डौ — लामो प्रतीक्षापछि नेपाल राष्ट्र बैंकले सोमबार १८औं गभर्नर पाउने सम्भावना रहेको छ, यदि अन्तिम समयमा कुनै अप्रत्याशित परिवर्तन नभएमा। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।

बैठक बालुवाटार वा सिंहदरबारमा बस्ने भन्ने टुंगो लागिनसके पनि गभर्नर नियुक्तिको सम्भावनाबारे एक मन्त्रीले जानकारी दिएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको सहमतिअनुसार अर्थशास्त्री तथा कांग्रेस निकट डा. विश्व पौडेललाई गभर्नर बनाउन आवश्यक तयारी पूरा भइसकेको छ।

पूर्व गभर्नर सिफारिस समिति सदस्य पौडेलले वैशाख २८ गते राजीनामा दिई गभर्नर बन्ने बाटो खोलिसकेका छन्। उनको स्थानमा सरकारले डा. पोषराज पाण्डेलाई समिति सदस्यमा नियुक्त गरिसकेको छ। लामो समयदेखि राष्ट्र बैंक गभर्नरविहीन रहँदै आएको छ।

सोमबार मन्त्रिपरिषद् बैठकअघि सिफारिस समिति बैठक बस्नेछ, जसले पौडेलसहित ३ जनाको नाम सिफारिस गर्नेछ। साँझको मन्त्रिपरिषद्ले पौडेललाई गभर्नरमा नियुक्त गर्ने सम्भावना छ।

तर, पौडेलमाथि कानुनी र नैतिक प्रश्न पनि उठेका छन्। गभर्नर सिफारिस समिति सदस्य रहेर आफैं नियुक्तिमा अघि बढ्नु र विगतमा चितवन–१ बाट संघीय सांसदको उम्मेदवारी दिएका कारण उनको राजनीतिक संलग्नता पनि आलोचनाको विषय बनेको छ। राष्ट्र बैंक ऐनको दफा २१ अनुसार गभर्नर पदमा नियुक्त हुने व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य नरहनुपर्ने व्यवस्था छ।

यिनै कारण, सम्भावित कानुनी चुनौतीबाट बच्न मंगलबार बिहानै सपथ ग्रहण गरी पदबहाली गराउने तयारी समेत गरिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *