नोरा फतेहीको धमाकेदार प्रस्तुति काठमाडौंको हायात ग्राउन्डमा सम्पन्न

काठमाडौं — भारतीय नृत्याङ्गना तथा अभिनेत्री नोरा फतेहीले नेपाली कलाकारहरूसँगै हिजो बौद्धस्थित पाँचतारे हायात होटलको ग्राउन्डमा भव्य प्रस्तुति दिइन्। नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा लगायतको साथमा भएको प्रस्तुतिले कार्यक्रम स्थललाई रौनकमय बनायो।

‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजित नोरा फतेही लाइभ इन नेपाल कार्यक्रममा नोरा फतेहीले आफ्नो २३ सदस्यीय टोलीसँग विभिन्न चर्चित बलिउड गीतहरूमा धमाकेदार नृत्य प्रस्तुत गरेकी थिइन्। उनले दर्शकहरूलाई पनि नचाउँदै माहोल उत्साहपूर्ण बनाएकी थिइन्।

कार्यक्रमको लागि नोरा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएकी थिइन्। नेपालमा पहिलोपटक प्रस्तुति दिन पाउँदा आफू उत्साहित रहेको उनले विमानस्थलमा बताएकी थिइन्। उनका नृत्य टोलीका अन्य सदस्यहरू शुक्रबार नै काठमाडौं आइपुगेका थिए।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *