नोरा फतेहीको धमाकेदार प्रस्तुति काठमाडौंको हायात ग्राउन्डमा सम्पन्न

काठमाडौं — भारतीय नृत्याङ्गना तथा अभिनेत्री नोरा फतेहीले नेपाली कलाकारहरूसँगै हिजो बौद्धस्थित पाँचतारे हायात होटलको ग्राउन्डमा भव्य प्रस्तुति दिइन्। नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा लगायतको साथमा भएको प्रस्तुतिले कार्यक्रम स्थललाई रौनकमय बनायो।

‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजित नोरा फतेही लाइभ इन नेपाल कार्यक्रममा नोरा फतेहीले आफ्नो २३ सदस्यीय टोलीसँग विभिन्न चर्चित बलिउड गीतहरूमा धमाकेदार नृत्य प्रस्तुत गरेकी थिइन्। उनले दर्शकहरूलाई पनि नचाउँदै माहोल उत्साहपूर्ण बनाएकी थिइन्।

कार्यक्रमको लागि नोरा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएकी थिइन्। नेपालमा पहिलोपटक प्रस्तुति दिन पाउँदा आफू उत्साहित रहेको उनले विमानस्थलमा बताएकी थिइन्। उनका नृत्य टोलीका अन्य सदस्यहरू शुक्रबार नै काठमाडौं आइपुगेका थिए।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *