प्रधानमन्त्रीद्वारा बुद्ध जयन्ती समारोहमा सहभागिता जनाउँदै लुम्बिनी आगमन हुने

रुपन्देही, वैशाख २९: २५६९औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रमसहित भव्यरूपमा उत्सव मनाइँदैछ। लुम्बिनी विकास कोषले मे ११ देखि १३ सम्म विविध कार्यक्रमहरूको आयोजना गरिरहेको छ।

कोषका कोषाध्यक्ष धु्रविराज भट्टराई (सिद्धिचरण) का अनुसार आइतबार कपिलवस्तुमा बुद्ध मूर्ति प्रदर्शनी, पण्डितपुर, रामग्राम र नवलपरासीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्। साथै, मायादेवी मन्दिर परिसरमा महापरित्राण पाठ सुरु भएको छ।

आज (सोमबार) बिहान भिक्षु, भिक्षुणी, लामा गुरु तथा श्रद्धालुहरूको सहभागितामा प्राथर्ना सभा, शोभा यात्रा र मुख्य समारोह आयोजना हुँदैछ। कपिलवस्तु र नवलपरासीमा समेत बुद्धसम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको छ। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लार्क्याल लामाका अनुसार मुख्य समारोह प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न हुनेछ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *