प्रधानमन्त्रीद्वारा बुद्ध जयन्ती समारोहमा सहभागिता जनाउँदै लुम्बिनी आगमन हुने

रुपन्देही, वैशाख २९: २५६९औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रमसहित भव्यरूपमा उत्सव मनाइँदैछ। लुम्बिनी विकास कोषले मे ११ देखि १३ सम्म विविध कार्यक्रमहरूको आयोजना गरिरहेको छ।

कोषका कोषाध्यक्ष धु्रविराज भट्टराई (सिद्धिचरण) का अनुसार आइतबार कपिलवस्तुमा बुद्ध मूर्ति प्रदर्शनी, पण्डितपुर, रामग्राम र नवलपरासीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्। साथै, मायादेवी मन्दिर परिसरमा महापरित्राण पाठ सुरु भएको छ।

आज (सोमबार) बिहान भिक्षु, भिक्षुणी, लामा गुरु तथा श्रद्धालुहरूको सहभागितामा प्राथर्ना सभा, शोभा यात्रा र मुख्य समारोह आयोजना हुँदैछ। कपिलवस्तु र नवलपरासीमा समेत बुद्धसम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको छ। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लार्क्याल लामाका अनुसार मुख्य समारोह प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न हुनेछ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *