बैतडीमा खुकुरी आक्रमण : दुई महिला घाइते

बैतडीको पुर्चौंडी नगरपालिका–६ रपनामा २० वर्षीय धनवीर धानुकले शनिबार बिहान ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरीले आक्रमण गरी घाइते गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपतीको बायाँ कान चोटिल भएको छ।

घाइते दुबैलाई डडेल्धुरा अस्पताल पठाइएको छ र खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानले धनवीरसँग बिखमतीका नाति दिनेश धानुकबीच दीर्घकालीन घरायसी विवाद रहेको पत्ता लागेको छ। दिनेशलाई घरमा नपाएपछि धनवीरले वृद्धामाथि आक्रमण गरेको प्रारम्भिक निष्कर्ष अस्पताल दिइएको छ।

प्रहरी घटना सम्बन्धी थप अनुसन्धान गर्दैछ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *