बैतडीमा खुकुरी आक्रमण : दुई महिला घाइते

बैतडीको पुर्चौंडी नगरपालिका–६ रपनामा २० वर्षीय धनवीर धानुकले शनिबार बिहान ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरीले आक्रमण गरी घाइते गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपतीको बायाँ कान चोटिल भएको छ।

घाइते दुबैलाई डडेल्धुरा अस्पताल पठाइएको छ र खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानले धनवीरसँग बिखमतीका नाति दिनेश धानुकबीच दीर्घकालीन घरायसी विवाद रहेको पत्ता लागेको छ। दिनेशलाई घरमा नपाएपछि धनवीरले वृद्धामाथि आक्रमण गरेको प्रारम्भिक निष्कर्ष अस्पताल दिइएको छ।

प्रहरी घटना सम्बन्धी थप अनुसन्धान गर्दैछ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *