भारतमा कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १,००९ पुगेको छ। केरला राज्यमा सबैभन्दा धेरै ४३० सक्रिय केस छन्, त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ सक्रिय केस रहेका छन्।
राज्य सक्रिय केस विवरण:
- केरला: ४३०
- महाराष्ट्र: २०९
- दिल्ली: १०४
- गुजरात: ८३
- तमिलनाडु: ६९
- कर्नाटक: ४७
- उत्तर प्रदेश: १५
- राजस्थान: १३
- पश्चिम बंगाल: १२
- हरियाणा: ९
- पुडुचेरी: ९
- आन्ध्र प्रदेश: ४
- मध्य प्रदेश: २
- तेलंगाना: १
- गोवा: १
- छत्तीसगढ: १
कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले भनेका छन्, “दक्षिण–पूर्वी एसियाली देशहरूमा कोभिड–१९ को केस बढ्दै गरेको सुनिए पनि संक्रमण हल्का छ। भारतमा पनि रिपोर्ट भएका केसहरू गम्भीर प्रकृतिका छैनन्। महाराष्ट्र लगायत केही ठाउँमा केही मृत्यु भएका छन्, तर ती कोभिड–१९ सङ्क्रमणसँग प्रत्यक्ष सम्बन्धित छैनन्, तीमध्ये अधिकांशलाई अन्य रोगहरू पनि थिए।”










