आज विश्व उच्च रक्तचाप दिवस, नेपालमा विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज विश्वभर उच्च रक्तचाप दिवस मनाइँदैछ भने नेपालमा पनि जनचेतना फैलाउन विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

यस वर्षको नाराको सार हो – “आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नुहोस्, लामो समय बाँच्नुहोस्।”

नियमित रूपमा रक्तचाप मापन गर्ने महत्त्वबारे जनमानसमा सन्देश फैलाउने उद्देश्यले यो दिवस मनाइएको हो। उच्च रक्तचाप, जसलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ, पहिलोपटक सन् २००५ देखि यो दिवस मनाउन थालिएको हो।

विशेषज्ञहरूका अनुसार बदलिँदो जीवनशैली, प्रशोधित तथा प्याकेटका खाद्यपदार्थको अत्यधिक सेवन र तनावपूर्ण दिनचर्याले उच्च रक्तचापको जोखिम बढाएको छ।

सामान्य रक्तचापको स्तर सिस्टोलिक १२० र डायस्टोलिक ८० सम्म हुनु उपयुक्त मानिन्छ। उच्च रक्तचाप हृदय रोगको मुख्य कारणमध्ये एक हो, त्यसैले समयमै सचेत हुनु जरुरी छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *