
नयाँदिल्ली — सन् १९९९ यता पाकिस्तानसँगको सबैभन्दा गम्भीर संघर्षपछि भएको युद्धविरामको सप्ताहन्तपछि भारतले सोमबार ३२ विमानस्थलहरू पुनः सञ्चालनमा ल्याएको छ।
भारतीय विमानस्थल प्राधिकरणका अनुसार श्रीनगरदेखि लिएर गुजरातको भुजसम्मका विमानस्थलहरू अब ‘तत्काल प्रभाव’ बाट नागरिक उडानका लागि खोलिएका छन्।
भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको भीषण झडपका कारण ती विमानस्थलहरू बन्द गरिएको थियो। यसले दुई देशबीचको द्वन्द्व पूर्ण युद्धमा रूपान्तरण हुने खतरा उत्पन्न गरेको थियो।
प्रमुख एयरलाइन इन्डिगोले बन्द गरिएका रूटहरूमा पुनः उडानहरू सुचारु गरिने जनाएको छ। यद्यपि शनिबार घोषणा गरिएको युद्धविरामपछि दुवै देशले एकअर्कामाथि उल्लंघनको आरोप लगाएका थिए।
तर सोमबार दुबै पक्षले सीमावर्ती क्षेत्रहरूमा शान्ति कायम रहेको बताएका छन्।
– एएफपी