भारत–पाकिस्तान तनावपछि ३२ विमानस्थल पुनः सञ्चालनमा

नयाँदिल्ली — सन् १९९९ यता पाकिस्तानसँगको सबैभन्दा गम्भीर संघर्षपछि भएको युद्धविरामको सप्ताहन्तपछि भारतले सोमबार ३२ विमानस्थलहरू पुनः सञ्चालनमा ल्याएको छ।

भारतीय विमानस्थल प्राधिकरणका अनुसार श्रीनगरदेखि लिएर गुजरातको भुजसम्मका विमानस्थलहरू अब ‘तत्काल प्रभाव’ बाट नागरिक उडानका लागि खोलिएका छन्।

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको भीषण झडपका कारण ती विमानस्थलहरू बन्द गरिएको थियो। यसले दुई देशबीचको द्वन्द्व पूर्ण युद्धमा रूपान्तरण हुने खतरा उत्पन्न गरेको थियो।

प्रमुख एयरलाइन इन्डिगोले बन्द गरिएका रूटहरूमा पुनः उडानहरू सुचारु गरिने जनाएको छ। यद्यपि शनिबार घोषणा गरिएको युद्धविरामपछि दुवै देशले एकअर्कामाथि उल्लंघनको आरोप लगाएका थिए।

तर सोमबार दुबै पक्षले सीमावर्ती क्षेत्रहरूमा शान्ति कायम रहेको बताएका छन्।

– एएफपी

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *