भिजिट भिसाको दुरुपयोग र मानव तस्करीको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् सञ्चालनका लागि पाँच बुँदे प्रस्ताव अघि सारेको छ।

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्तावसहित सदन खोल्न आग्रह गरेको हो।
रास्वपाले भिजिट भिसा काण्डबारे संसद्मा विस्तृत छलफल गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचार सम्बन्धी अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप नगरी पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने स्पष्ट पारेको छ।










