भिजिट भिसा प्रकरणमा सदन खोल्न रास्वपाको ५ बुँदे प्रस्ताव

भिजिट भिसाको दुरुपयोग र मानव तस्करीको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् सञ्चालनका लागि पाँच बुँदे प्रस्ताव अघि सारेको छ।

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्तावसहित सदन खोल्न आग्रह गरेको हो।

रास्वपाले भिजिट भिसा काण्डबारे संसद्मा विस्तृत छलफल गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचार सम्बन्धी अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप नगरी पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने स्पष्ट पारेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *