सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन : सरकारले सम्झौता कार्यान्वयन नगरेको आरोप

बबरमहल–बानेश्वर क्षेत्रमा शिक्षकहरूको आन्दोलन चलिरहेका बेला माइतीघरमा महिलाहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। मुख र टाउकोमा कालोपट्टी बाँधी, कालो पेटीकोट लगाएर उनीहरूले प्रदर्शन गरेका थिए। उनीहरू सहकारीहरूबाट ठगिएका पीडित हुन्।

सहकारीपीडित बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलभ केसीका अनुसार, यो प्रदर्शन अचानक नभई गत चैत १७ गतेदेखि नियमित रूपमा भइरहेको थियो। उनले जानकारी दिएअनुसार, महासंघले यसअघि शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दै आएको भए पनि सोमबार प्रदर्शनको शैलीमा परिवर्तन गरिएको हो।

अध्यक्ष केसीले बताएअनुसार, पीडितहरूले सरकारका विभिन्न निकायमा ध्यानाकर्षण गराए पनि सरकारले विगतमा भएका सम्झौताहरू कार्यान्वयन नगरेकाले दबाब दिन नयाँ शैली अपनाइएको हो। “राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म ध्यानाकर्षण पत्र बुझाइसकेका छौँ,” उनले भने, “तर, सहमति कार्यान्वयन नहुँदा हामी बाध्य भएर प्रदर्शनको स्वरूप बदल्नुपर्‍यो।”

सर्वोच्च अदालतमा सहकारीसम्बन्धी मुद्दाको सुनुवाइ सोमबार सम्पन्न भएको छ। यसअघि यो मुद्दा पटक–पटक स्थगित हुँदै आएको थियो।

प्रदर्शनकारीहरू माइतीघरबाट बबरमहल पुलसम्म अर्धनग्न जुलुसमा हिँडेर पुनः माइतीघरमा फर्किएर कोणसभा गर्दै कार्यक्रम समापन गरेका थिए।

महासंघका अध्यक्ष केसीका अनुसार, करिब १५ सय जना पीडितहरू प्रदर्शनमा सहभागी भएका थिए। सहकारी तथा लघुवित्त संस्थाबाट पीडितहरूले संयुक्त रूपमा प्रदर्शन गरेका थिए, जसमा डेढदेखि दुई सयजति लघुवित्त पीडित पनि सहभागी थिए।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

जेन-जी आन्दोलन : सहयोग रकम सरकारी कोषमा मात्र जम्मा गर्न अर्थमन्त्रालयको आग्रह
  • २०८२ आश्विन १८, शनिबार ०४:१४ बजे

जेन-जी आन्दोलनपछि घाइतेको उपचार र सहिद परिवारलाई राहतका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम गैरसरकारी संस्थामा नभई सरकारी भौतिक पूर्वाधार निर्माण कोष मा जम्मा गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

अर्घाखाँचीमा पत्नी हत्या प्रकरण : पति पक्राउ
  • २०८२ भाद्र १७, मंगलवार ०५:२१ बजे

अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *