मधेस प्रदेशको जनस्वास्थ्य प्रयोगशाला स्थापनामा ५० करोडभन्दा बढी भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि गरिएका चार विभिन्न खरिद सम्झौतामा ५० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेपछि विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, तत्कालीन निर्देशक श्रवणकुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसहित १५ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको हो।

मन्त्रालयले विभिन्न ७२ वटा पालिकामा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्न गरेको कन्ट्र्याक्ट नम्बर PPHL-G/NCB/…२०७९/८० लगायतका सम्झौताहरू सार्वजनिक खरिद ऐन, २०६३ विपरीत रहेर गरिएको भन्दै २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ अनियमितता र अन्य विभिन्न घटनामा ३० करोड रुपैयाँ अनियमितता भएको ठहर गरिएको छ।

भ्रष्टाचार अभियोगमा परेका अन्य व्यक्तिहरूमध्ये जनस्वास्थ्य प्रयोगशालाका वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद शाह, ल्याब टेक्नोलोजिस्ट मनमोहन मिश्र लगायत रहेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *