धादिङमा भारतीय ट्रक र बोलेरो जीपको टक्करमा एक व्यक्तिको मृत्यु

काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको बोलेरो जीप र भारतीय ट्रक बीच धादिङमा भएको टक्करमा एक यात्रुको मृत्यु भएको छ। घटना शुक्रबार राति १२ बजे पृथ्वी राजमार्गको एक्लेफाँट इलाकामा भएको हो। धादिङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार, बोलेरो जीप (प्र ३–०१–०२३ च ६५८) ले भारतीय ट्रक (यूपी ३२ टीएन ४१९८) को पछाडि ठोकिएको थियो।

दुर्घटनामा ललितपुरको बागमती गाउँपालिका-१ का ३४ वर्षीय थुलबाबु थिङ घाइते भएर काठमाडौँको ट्रमा सेन्टरमा उपचाराधीन थिए। तर, शनिबार बिहान २ बजे उनको निधन भयो। बोलेरोमा सवार चालक सहित ५ जना सकुशल छन्।

प्रहरीले घटनापछि भारतीय ट्रकलाई बेनीघाट रोराङ गाउँपालिका-९ स्थित जोगिमाराबाट नियन्त्रणमा लिएको छ। ट्रक चालक कमलेशकुमार यादव (४०), जो भारतको उत्तर प्रदेशको मोहमदपुर खलाबाट हुन्, लाई पक्राउ गरिएको छ। उनलाई थप अनुसन्धानका लागि गजुरी प्रहरी कार्यालयमा राखिएको छ। बोलेरो चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    जेन-जी आन्दोलन : सहयोग रकम सरकारी कोषमा मात्र जम्मा गर्न अर्थमन्त्रालयको आग्रह
    • २०८२ आश्विन १८, शनिबार ०४:१४ बजे

    जेन-जी आन्दोलनपछि घाइतेको उपचार र सहिद परिवारलाई राहतका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम गैरसरकारी संस्थामा नभई सरकारी भौतिक पूर्वाधार निर्माण कोष मा जम्मा गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ।…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    श्रम सम्झौता भएका मुलुकमा अनिवार्य हुलाक सेवा विस्तार गर्नुपर्ने: मन्त्री गुरुङ
    • २०८२ भाद्र १७, मंगलवार ०५:२६ बजे

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका मुलुकहरूसँग हुलाक सेवा सम्झौता पनि अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्। हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षामा बोल्दै उनले हुलाकको…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *