नक्कली परीक्षार्थीका रूपमा पक्राउ परेका अमृत स्ववियु सचिव

काठमाडौं : नेपाल प्रहरीको जवान पदका लागि लिइँदै गरिएको परीक्षामा नक्कली परीक्षार्थीको रूपमा पक्राउ परेका गोपालबहादुर शाही अमृत साइन्स क्याम्पस (अस्कल) का स्ववियु सचिव भएको पत्ता लागेको छ। उनी चैत १० गते एमालेनिकट अनेरास्ववियु प्यानलबाट स्ववियु सचिवमा निर्वाचित भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराका अनुसार शाहीसहित ६ जनालाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको परीक्षामा अरूको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा कालीकोटका गोपालबहादुर शाही, दोलखाका मोहन सुनुवार, सुर्खेतका मनोज शर्मा र उमेश शर्मा, दैलेखका आकाश खड्का र जुम्लाकी मीन रावल रहेका छन्। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, शनिबार पोखराको लोकसेवा आयोग परीक्षा भवनमा आरतीकुमारी मण्डलको नाममा परीक्षा दिइरहेकी ज्ञानुता विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *