नक्कली परीक्षार्थीका रूपमा पक्राउ परेका अमृत स्ववियु सचिव

काठमाडौं : नेपाल प्रहरीको जवान पदका लागि लिइँदै गरिएको परीक्षामा नक्कली परीक्षार्थीको रूपमा पक्राउ परेका गोपालबहादुर शाही अमृत साइन्स क्याम्पस (अस्कल) का स्ववियु सचिव भएको पत्ता लागेको छ। उनी चैत १० गते एमालेनिकट अनेरास्ववियु प्यानलबाट स्ववियु सचिवमा निर्वाचित भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराका अनुसार शाहीसहित ६ जनालाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको परीक्षामा अरूको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा कालीकोटका गोपालबहादुर शाही, दोलखाका मोहन सुनुवार, सुर्खेतका मनोज शर्मा र उमेश शर्मा, दैलेखका आकाश खड्का र जुम्लाकी मीन रावल रहेका छन्। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, शनिबार पोखराको लोकसेवा आयोग परीक्षा भवनमा आरतीकुमारी मण्डलको नाममा परीक्षा दिइरहेकी ज्ञानुता विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *