आज लोकतन्त्र दिवस: नागरिकको जितको सम्झना, आशा र चुनौती

११ काठमाण्डौ , आज १९औं लोकतन्त्र दिवस मुलुकभर विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा संसद पुनर्स्थापनाको घोषणालाई नागरिकको जीतको रूपमा लिइँदै आएको छ। यही दिनलाई लोकतन्त्रको पुनः स्थापनाको ऐतिहासिक मोडका रूपमा सम्झेर २०६४ सालदेखि यो दिवस मनाउन थालिएको हो।

२०६१ माघ १९ मा ज्ञानेन्द्रले शासन हातमा लिएपछि सात दल र माओवादीबीच भएको १२ बुँदे सहमतिपछि जनआन्दोलन उत्कर्षमा पुगेको थियो। आन्दोलनको चापका बीच ज्ञानेन्द्रले आन्दोलनरत दलको खाकामा संसद पुनःस्थापना गरे। त्यसपछि संसदले राजाको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभाको चुनाव गर्‍यो, जसले अन्ततः राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो।

२०७२ असोज ३ गते संविधान जारी भएसँगै नेपालमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरू क्रियाशील बनेका छन्। पछिल्ला दुई दशकमा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा उल्लेख्य परिवर्तन भए पनि जनतामा निराशा र असन्तुष्टि कायमै देखिएको छ। दलहरू जनचासोको सट्टा सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लाग्ने गरेको छ।

यद्यपि, लोकतन्त्रकै माध्यमबाट सुधार सम्भव भएको जनाउँदै, नागरिकहरूले दलहरूलाई सुशासन र समृद्धितर्फ केन्द्रित हुन आह्वान गर्दै आएका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *