आज लोकतन्त्र दिवस: नागरिकको जितको सम्झना, आशा र चुनौती

११ काठमाण्डौ , आज १९औं लोकतन्त्र दिवस मुलुकभर विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा संसद पुनर्स्थापनाको घोषणालाई नागरिकको जीतको रूपमा लिइँदै आएको छ। यही दिनलाई लोकतन्त्रको पुनः स्थापनाको ऐतिहासिक मोडका रूपमा सम्झेर २०६४ सालदेखि यो दिवस मनाउन थालिएको हो।

२०६१ माघ १९ मा ज्ञानेन्द्रले शासन हातमा लिएपछि सात दल र माओवादीबीच भएको १२ बुँदे सहमतिपछि जनआन्दोलन उत्कर्षमा पुगेको थियो। आन्दोलनको चापका बीच ज्ञानेन्द्रले आन्दोलनरत दलको खाकामा संसद पुनःस्थापना गरे। त्यसपछि संसदले राजाको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभाको चुनाव गर्‍यो, जसले अन्ततः राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो।

२०७२ असोज ३ गते संविधान जारी भएसँगै नेपालमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरू क्रियाशील बनेका छन्। पछिल्ला दुई दशकमा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा उल्लेख्य परिवर्तन भए पनि जनतामा निराशा र असन्तुष्टि कायमै देखिएको छ। दलहरू जनचासोको सट्टा सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लाग्ने गरेको छ।

यद्यपि, लोकतन्त्रकै माध्यमबाट सुधार सम्भव भएको जनाउँदै, नागरिकहरूले दलहरूलाई सुशासन र समृद्धितर्फ केन्द्रित हुन आह्वान गर्दै आएका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *