गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको माग गर्दै व्यवसायी र संघसंस्थाहरूको धर्ना

  • फिचर
  • २०८२ बैशाख २४, बुधबार ०२:२३ बजे

बैशाख २४, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्न माग गर्दै उद्योग व्यापार सङ्गठन रुपन्देही (रुपन्देही चेम्बर अफ कमर्स) को अगुवाइमा विरोधसभा र धर्ना कार्यक्रम आयोजना गरिएको छ ।

पछिल्लो समय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेपछि निजी क्षेत्र गम्भीर संकटमा परेको भन्दै आयोजकहरूले प्रतीकात्मक रूपमा दिनको एक घण्टा धर्ना दिएका हुन्। संस्थाका अध्यक्ष दर्पण श्रेष्ठले अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा व्यापार, पर्यटन र स्थानीय अर्थतन्त्रमा गम्भीर असर परेको बताए।

विरोध कार्यक्रममा सिद्धार्थ सञ्जाल, लुम्बिनी इँटा व्यवसायी सङ्घ, ट्राभल्स एण्ड टुर अपरेटर्स नेपाल, नेपाल भन्सार एजेन्ट सङ्घ, ट्रक यातायात व्यवसायी सङ्घ, सहकारी सञ्जाल, वैदिक सनातन धर्म सेवा समिति, नेवा खलः, किराना तथा प्लास्टिक व्यवसायी सङ्घ लगायतका दर्जनौँ संघसंस्थाहरू ब्यानरसहित सहभागी थिए।

विमानस्थलका सूचना अधिकारी विनोद राउतका अनुसार केन्द्रबाट उडान पुनः सुरु गर्न पहल भए पनि कुन एयरलाइन्सले कहिलेबाट सेवा सुरु गर्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङद्वारा निर्माण तीव्र बनाउन निर्देशन
    • २०८२ पुष ६, आईतवार ०६:२२ बजे

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। सडक विस्तारमा भइरहेको ढिलासुस्तीको कारण…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपालीको उपस्थिति, नेपाली संस्कृति र पहिचानको जगेर्ना
    • २०८२ जेष्ठ ३, शनिबार ११:३७ बजे

    जेठ ३ अंकित अधिकारी सिड्नी , अहिले अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन्, जसमा सिड्नी क्षेत्रमा झण्डै डेढ लाख नेपाली रहेका छन्। अध्ययन र रोजगारीका लागि यहाँ आएका…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *