सर्वोच्च अदालतको आदेशमा दुर्गा प्रसाईका दुई अस्पतालको रोकिएको बैंक खाता खुला गर्न निर्देशन

काठमाडौं — सर्वोच्च अदालतले दुर्गा प्रसाईका स्वामित्वमा रहेका दुई अस्पतालको बैंक खाता खोल्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले बिएण्डसी मेडिकल टीचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटलको रोकिएको बैंक खाता खोल्न आदेश दिएको हो।

हाल दुर्गा प्रसाई काठमाडौंको जिल्ला प्रहरी कार्यालयमा हिरासतमा छन्। उनीमाथि तीन फरक घटनामा मुख्य दोषीको रूपमा आरोप लागेको छ र उनलाई भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याइएको हो।

प्रसाईलाई पक्राउ गरी अनुसन्धान सुरु भएलगत्तै उनी सञ्चालक रहेका दुवै अस्पताललाई कालोसूचीमा राखिएको थियो, जसका कारण ती अस्पतालहरूको बैंक कारोबार पनि रोकिएको थियो। यद्यपि, बैंक खाता नै रोकिँदा अस्पतालको सामान्य कारोबारमा समस्या देखिएकोले अदालतले खाता खुला गर्न आदेश दिएको हो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *