आजको राशिफल (२०८२/०१/०९, मंगलवार)

आज मिति २०८२ साल वैशाख ९ गते, मंगलवार को राशिफल , जसमा तपाईँको राशिअनुसार दिनभरका सम्भावित अवसर, चुनौती, र सफलताका संकेतहरू प्रस्तुत गरिएको छ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

सरकारी वा पैतृक सम्पत्तिको प्रयोगबाट रोजगारी सिर्जना गरी राम्रो लाभ लिन सकिनेछ। बौद्धिक क्षमतामा वृद्धि हुने भएकाले राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। प्रतिष्ठित व्यक्तिहरूको साथ र सहयोगले उपलब्धिमूलक कार्यहरू सम्पादन गर्न सकिनेछ। यद्यपि, प्रेम सम्बन्धमा समय मध्यम खालको रहनेछ। आर्थिक क्षेत्रमा सोचविचार गरेर मात्र लगानी गर्नु उपयुक्त हुनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

धार्मिक स्थल वा मन्दिर भ्रमण गर्ने मौका मिल्नेछ र प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। अनुसन्धान र खोजका क्षेत्रमा प्रगति हुने देखिन्छ। लामो दूरीको शैक्षिक वा धार्मिक यात्रा सफल बन्न सक्छ। भाग्य बलियो रहने हुँदा न्यून लगानीबाट पनि राम्रो लाभ मिल्नेछ। शेयरबजार वा वित्तीय क्षेत्रमा गरिएको लगानी लाभदायक बन्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

शैक्षिक सफलताका लागि अधिक परिश्रम गर्नुपर्नेछ। व्यापारमा पर्याप्त समय दिन नसक्दा आम्दानी घट्नेछ। आफन्त वा दिदीबहिनीसँग सानातिना कुरामा मतभेद बढ्न सक्छ। स्थायी सम्पत्ति वा सवारी प्रयोग गर्दा सावधानी आवश्यक छ। प्रेम सम्बन्धमा टाढिनु पर्ने अवस्था आउन सक्छ, जसले मन खिन्न बनाउनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

शुभचिन्तकहरूको समर्थन र सहयोगले कार्यहरू समयमै सफल हुनेछन्। भौतिक सम्पत्तिको प्रयोगबाट अरुलाई प्रभावित पार्न सकिनेछ। परिवारजनबाट सहयोग पाइने हुँदा उपलब्धिमूलक कार्य गर्न सकिनेछ। प्रेम सम्बन्धमा समयले साथ दिनेछ। उद्योग वा व्यापारमा लगानी गर्ने मौका आउन सक्छ, साथै मूल्यवान धातु संकलन गर्न सकिनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

अघिसम्म रोकिएको व्यापारबाट राम्रो आम्दानी हुनेछ र नयाँ उद्योगमा लगानीको अवसर मिल्नेछ। आलोचकहरू पनि तपाईंको प्रशंसा गर्न थाल्नेछन्। प्रतिस्पर्धामा सफलता हात पार्न सकिनेछ। न्यायसम्बन्धी मामिलामा तपाईंको पक्षमा निर्णय हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ, जसले राम्रो आम्दानी गर्ने अवसर ल्याउनेछ। पढाइमा पनि राम्रो प्रगति देखिनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

अध्ययनमा रुचि बढ्नेछ र शिक्षा क्षेत्रमा गरिएको लगानी फलदायी बन्नेछ। शैक्षिक संस्थाहरू वा वित्तीय क्षेत्रबाट अपेक्षित आम्दानी हुनेछ। मन पराएको व्यक्तिबाट उपहार प्राप्त हुने संकेत छ। व्यापारमा राम्रो आम्दानी हुनेछ भने जागिरमा बढुवा पाउने सम्भावना छ। सन्तान प्राप्तिको सम्भावना नकार्न सकिंदैन।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

प्रेम सम्बन्धमा सामान्य खटपट आउनेछ र जीवनसाथीको असहयोगले कार्यमा ढिलाइ हुनेछ। राजनीति वा समाजसेवामा समय खर्चिए पनि फल उल्लेखनीय नहुन सक्छ। सोचविचार नगरी अघि बढ्दा समस्या आउन सक्छ। व्यापारमा लगानी गरे पनि लाभका लागि संघर्ष गर्नु पर्नेछ। पढाइमा समय नदिंदा चिन्ता बढ्नेछ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

सानो प्रयासबाट पनि राम्रो लाभ मिल्नेछ। अध्ययनमा अपेक्षाअनुसार सुधार आउनेछ। प्रेममा विश्वासको साथ अघि बढ्न सकिनेछ। टाढाबाट आफन्तको निम्तो आउन सक्छ र यात्रा हुने सम्भावना छ। बुद्धिको उपयोगबाट धन र सम्पत्ति प्राप्ति सम्भव छ। नयाँ कार्यको प्रस्ताव आउन सक्छ र सहयोगीहरूको समर्थन पाउनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ र लगानीको वातावरण निर्माण हुनेछ। कार्य समयमै सम्पन्न हुनेछन् र अरुको काम गर्दै प्रतिष्ठा र आम्दानी दुवै कमाइनेछ। शिक्षा क्षेत्रमा अलिकति समय दिएर पनि राम्रो परिणाम आउन सक्छ। वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ। प्रेम सम्बन्धमा खुशी मिल्नेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

व्यापार, शेयर बजार वा उद्योगमा गरिएको लगानीबाट आर्थिक स्थितिमा मजबुती आउनेछ। मनपर्ने कपडा वा गहना उपहार स्वरूप प्राप्त हुने सम्भावना छ। स्वादिलो भोजनको आनन्द पाइनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आत्मविश्वास बढ्नेछ। पारिवारिक भेटघाट रमाइलो हुनेछ। पढाइमा प्रगति जारी रहनेछ। साथी र आफन्तको सहयोगले कामहरु सफल हुनेछन्।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

आफन्त वा अग्रजहरूसँग विवाद हुन सक्छ। अनुचित काम नगर्नुहोस्, दण्डको सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ र औषधोपचार खर्च बढ्नेछ। प्रेम सम्बन्धमा धोका हुन सक्नेछ। पढाइमा ध्यान नजाँदा पछि परिनेछ। तथापि, विदेशी वस्तुको व्यापारमा प्रगति हुनेछ र लामो दूरीको विदेश यात्रा सम्भव छ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुने छ, जसले पढाइमा मन लगाउने प्रेरणा दिनेछ। दाजुभाइ वा अग्रजहरूको सल्लाह अनुसार अघि बढ्दा सफलता मिल्नेछ। नयाँ कार्य आरम्भ गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। विभिन्न अवसरहरूले पछ्याउने हुँदा उत्कृष्ट परिणाम प्राप्त हुनेछ। खनिज पदार्थको उपयोगबाट पर्याप्त आम्दानी हुनेछ। नयाँ सवारी वा मन परेको सम्पत्ति प्राप्त हुने सम्भावना बलियो छ।

– ज्योतिषी दुर्गा प्रसाद भण्डारी

“तपाईंको दिन शुभ रहोस्!”

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

अध्यागमन कार्यालयमा व्यापक सरुवा प्रक्रिया : नयाँ अधिकृतहरूलाई जिम्मेवारी दिने तयारी
  • २०८२ असार ३१, मंगलवार १०:४६ बजे

काठमाडौँ, असार ३१ — गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ठूलो संख्याका अधिकृतहरूको छिट्टै सरुवा गर्ने तयारी गरेको छ। विश्वका विभिन्न मुलुकसँग जोडिएको नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारमा रहेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *