कास्कीको अन्नपूर्ण-११ मा चट्याङ लागेर दुई मजदुरको मृत्यु

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा आइतबार चट्याङ लागेर दुई जनाले ज्यान गुमाएका छन्। त्रिवेणी ताल पदमार्ग क्षेत्रमा काम गरिरहेका दुई मजदुरको चट्याङले मृत्यु भएको हो।

सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-४ का भरतकुमार राई र महेश राईको चट्याङ लागेर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

दिउँसो आएको हावाहुरी र पानीसँगै परेको चट्याङले नौ जनाको टोलीमध्ये दुईजनाको मृत्यु गराएको हो भने अन्य सातजना सकुशल रहेको प्रहरीले जनाएको छ।

मृतकको शव उद्धारका लागि प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चार सदस्यीय टोली खटिएको र सोमबार बिहानैदेखि शव निकाल्ने कार्य सुरु हुने बताइएको छ।

घटनास्थल घान्द्रुक गाउँबाट करिब चार घण्टा पैदल हिँडेर पुग्न सकिने स्थानमा रहेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिएका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *