सशक्तीकरणका लागि लायन्स क्लबको नेतृत्व

वैशाख १८ भैरहवा ,प्रकाश अधिकारी 

लायन्स क्लव इन्टरनेशनल ३२५ पि. एरिया ५ रिजन १७ को आयोजनामा एक दिने सशक्तीकरणमा लायन्स नेतृत्व स्किल ट्रेनिङ बुधबार भैरहवाकाे अन्नपूर्ण हेरिटेजमा सम्पन्न भएको थियो। लायन्स नेतृत्व स्किल टेनिङ्‌मा लायन्स को उद्देश्य माथी प्रस्ट पारिएको थियो लायन्स को उद्देश्यहरूलाई समुदायमा कसरी मजवुत बनाउने भन्ने विषयमा अग्रज लायन्स लिडर तथा नया सदस्य बिच छलफल लगायत लायन्सको मिसन भिजनमा एकरूपता ल्याउनपर्नेमा वक्ताहरुले जोड दिनु भएको थियो।

क्लबको चार्टर र निरिक्षण कसरी गर्ने लायन्स‌ले देश र समाजमा कस्तो प्रभाव पार्दछ समाज रूपान्तरण गर्न कस्तो भूमिका रहन्छ भन्ने विषयमा एक आपसमा छलफल गरिएको थियाे।डिस्टिक गर्भनर एम. जे.एफ. लायन पूर्षोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्वमा सम्पन्न भएको कार्यक्रममा गेट मेम्वर एल.सि.आई. एफ संयोजक पि० एम० जे० एफ लायन अर्चित श्रेष्ठ तथा गेट मेम्बर निर्वाचित जिल्ला क्याविनेट कोषाध्यक्ष लायन्स्टिक वर्ष ०२५/०२६ का लायन एम. एल.पाण्डे ले तालिम दिनुभएको थियो विशिष्ट अतिथिहरूमा प्रथम निर्वाचित डिष्ट्रिक्ट गर्भनर ०२५/०२६ लायनस्टिक पी.एम.जे.एफ बालाराम भट्टराई, निर्वाचित दितिय उपाध्यक्ष जिल्ला गर्भनर वर्ष ०२५/०२६ लाइन्स्टिक पि० एम०जे. एफ ०लायन मिना पन्थी यसै गरी गेट मेम्बर मनोनित जिल्ला क्याबिनेट कोषाध्यक्ष एम.जे.एफ .लायन संगम न्यौपाने को उपस्थिति रहेको थियो।

अमेरिकामा बि.स.१९१७ मा स्थापित लायन्स क्लब नेपालमा १९७१मा संस्थापक अध्यक्ष मात्रिका प्रसाद कोईरालाले लायन्स क्लब अफ बिराटनगरको नामबाट स्थापित गर्नुभएको थियो । नेपाल भरिनै करिव ४५००० को संख्यामा लायन्स सदस्य रहेको छन बि.स.१९८६ बाट महिला को पहिलो सहभागिता रहेको यस क्लब बाट विभिन्न किसिमका रचनात्मक कार्यहरू गर्दै आइरहेको छ यसैगरी क्लवले बर्ष २४/२५‌ मा उत्कृष्ट कार्य गरे बापत लायन्स क्लब अफ सिद्धार्थनगर युथका लायन हरी आचार्यलाई क्लवले सम्मान गरेको थियो तथा नव आगन्तुक सदस्य हरू प्रकाश अधिकारी,गोविन्द घिमिरे र अजुन न्यौपानलाई स्वागत गरेको थियो । करीब ४५ जना को सहभागिता रहेको यस कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ पि. एरिया ५ ,रिजन १७ का एम. जे. एफ. प्रशान्त मणि रामदामको सभापतित्व तथा सञ्चालन लायन्स क्लब अफ सिद्धार्थनगर युथका प्रथम उपाध्क्ष्य लायन युवराज श्रेष्ठले गर्नु भएको थियो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

जेन-जी आन्दोलन : सहयोग रकम सरकारी कोषमा मात्र जम्मा गर्न अर्थमन्त्रालयको आग्रह
  • २०८२ आश्विन १८, शनिबार ०४:१४ बजे

जेन-जी आन्दोलनपछि घाइतेको उपचार र सहिद परिवारलाई राहतका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम गैरसरकारी संस्थामा नभई सरकारी भौतिक पूर्वाधार निर्माण कोष मा जम्मा गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

श्रम सम्झौता भएका मुलुकमा अनिवार्य हुलाक सेवा विस्तार गर्नुपर्ने: मन्त्री गुरुङ
  • २०८२ भाद्र १७, मंगलवार ०५:२६ बजे

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका मुलुकहरूसँग हुलाक सेवा सम्झौता पनि अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्। हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षामा बोल्दै उनले हुलाकको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *