सशक्तीकरणका लागि लायन्स क्लबको नेतृत्व

वैशाख १८ भैरहवा ,प्रकाश अधिकारी 

लायन्स क्लव इन्टरनेशनल ३२५ पि. एरिया ५ रिजन १७ को आयोजनामा एक दिने सशक्तीकरणमा लायन्स नेतृत्व स्किल ट्रेनिङ बुधबार भैरहवाकाे अन्नपूर्ण हेरिटेजमा सम्पन्न भएको थियो। लायन्स नेतृत्व स्किल टेनिङ्‌मा लायन्स को उद्देश्य माथी प्रस्ट पारिएको थियो लायन्स को उद्देश्यहरूलाई समुदायमा कसरी मजवुत बनाउने भन्ने विषयमा अग्रज लायन्स लिडर तथा नया सदस्य बिच छलफल लगायत लायन्सको मिसन भिजनमा एकरूपता ल्याउनपर्नेमा वक्ताहरुले जोड दिनु भएको थियो।

क्लबको चार्टर र निरिक्षण कसरी गर्ने लायन्स‌ले देश र समाजमा कस्तो प्रभाव पार्दछ समाज रूपान्तरण गर्न कस्तो भूमिका रहन्छ भन्ने विषयमा एक आपसमा छलफल गरिएको थियाे।डिस्टिक गर्भनर एम. जे.एफ. लायन पूर्षोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्वमा सम्पन्न भएको कार्यक्रममा गेट मेम्वर एल.सि.आई. एफ संयोजक पि० एम० जे० एफ लायन अर्चित श्रेष्ठ तथा गेट मेम्बर निर्वाचित जिल्ला क्याविनेट कोषाध्यक्ष लायन्स्टिक वर्ष ०२५/०२६ का लायन एम. एल.पाण्डे ले तालिम दिनुभएको थियो विशिष्ट अतिथिहरूमा प्रथम निर्वाचित डिष्ट्रिक्ट गर्भनर ०२५/०२६ लायनस्टिक पी.एम.जे.एफ बालाराम भट्टराई, निर्वाचित दितिय उपाध्यक्ष जिल्ला गर्भनर वर्ष ०२५/०२६ लाइन्स्टिक पि० एम०जे. एफ ०लायन मिना पन्थी यसै गरी गेट मेम्बर मनोनित जिल्ला क्याबिनेट कोषाध्यक्ष एम.जे.एफ .लायन संगम न्यौपाने को उपस्थिति रहेको थियो।

अमेरिकामा बि.स.१९१७ मा स्थापित लायन्स क्लब नेपालमा १९७१मा संस्थापक अध्यक्ष मात्रिका प्रसाद कोईरालाले लायन्स क्लब अफ बिराटनगरको नामबाट स्थापित गर्नुभएको थियो । नेपाल भरिनै करिव ४५००० को संख्यामा लायन्स सदस्य रहेको छन बि.स.१९८६ बाट महिला को पहिलो सहभागिता रहेको यस क्लब बाट विभिन्न किसिमका रचनात्मक कार्यहरू गर्दै आइरहेको छ यसैगरी क्लवले बर्ष २४/२५‌ मा उत्कृष्ट कार्य गरे बापत लायन्स क्लब अफ सिद्धार्थनगर युथका लायन हरी आचार्यलाई क्लवले सम्मान गरेको थियो तथा नव आगन्तुक सदस्य हरू प्रकाश अधिकारी,गोविन्द घिमिरे र अजुन न्यौपानलाई स्वागत गरेको थियो । करीब ४५ जना को सहभागिता रहेको यस कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ पि. एरिया ५ ,रिजन १७ का एम. जे. एफ. प्रशान्त मणि रामदामको सभापतित्व तथा सञ्चालन लायन्स क्लब अफ सिद्धार्थनगर युथका प्रथम उपाध्क्ष्य लायन युवराज श्रेष्ठले गर्नु भएको थियो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *