सप्तकोशी नदीमा मामा–भान्जा बेपत्ता

विराटनगर — सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीमा नुहाउन गएका दुई जना सोमबार बिहानदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–४ निवासी ४० वर्षीय नवराज बास्तोला र इटहरी–१६ निवासी १६ वर्षीय जेनिस आचार्य रहेका छन्।

जानकारी अनुसार ती दुई जना मामा–भान्जा हुन्। उनीहरू परिवारसँग बराहक्षेत्र मन्दिरमा पूजाका लागि गएका थिए र नुहाउने क्रममा नदीको भेलमा परेर बेपत्ता भएका हुन्।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ। चतरास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसको टोली खोजीमा खटिएको छ भने सशस्त्र प्रहरी बलको नम्बर १ बराह बाहिनी मुख्यालयबाट थप सहयोगी टोली पनि पठाइएको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाहरूको सहयोगमा ती दुई जनाको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    २३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
    • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

    प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
    • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

    ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *