सप्तकोशी नदीमा मामा–भान्जा बेपत्ता

विराटनगर — सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीमा नुहाउन गएका दुई जना सोमबार बिहानदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–४ निवासी ४० वर्षीय नवराज बास्तोला र इटहरी–१६ निवासी १६ वर्षीय जेनिस आचार्य रहेका छन्।

जानकारी अनुसार ती दुई जना मामा–भान्जा हुन्। उनीहरू परिवारसँग बराहक्षेत्र मन्दिरमा पूजाका लागि गएका थिए र नुहाउने क्रममा नदीको भेलमा परेर बेपत्ता भएका हुन्।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ। चतरास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसको टोली खोजीमा खटिएको छ भने सशस्त्र प्रहरी बलको नम्बर १ बराह बाहिनी मुख्यालयबाट थप सहयोगी टोली पनि पठाइएको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाहरूको सहयोगमा ती दुई जनाको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
    • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
    • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

    पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *