
सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनका क्रममा भएको मुठभेडलाई दुःखद घटना र नियोजित षड्यन्त्रको परिणाम बताएका छन्। उनले भनेका छन् कि शिक्षक महासंघ वार्ताका लागि सकारात्मक पहल गरिरहेको अवस्थामा यस्तो मुठभेड हुनु दुःखद छ।
पोखरेलले सर्वोच्च अदालतको आदेश पालना गर्नु सरकार र शिक्षक दुबैको कर्तव्य भएको पनि उल्लेख गरेका छन्। फेसबुकमार्फत पोखरेलले लेखेका छन्, ‘शिक्षक नेतृत्व वार्तामार्फत सहमति खोज्ने प्रयासमा लागेको र वार्ता सकारात्मक ढंगमा अघि बढिरहेको अवस्थामा आजको मुठभेड नियोजित जस्तै देखिन्छ। शिक्षक आन्दोलनलाई राजनीतिक स्वार्थका लागि मुठभेडमा लैजाने षड्यन्त्र विरुद्ध महासंघ नेतृत्व अझ सतर्क हुनुपर्छ।’