नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच तनाव

काठमाडौं । नयाँ बानेश्वर क्षेत्र अहिले तनावपूर्ण बनेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै २६ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र पार गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहोराका अनुसार आन्दोलनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रयोग गरिएको हो। उनले सञ्चारकर्मीहरूसँग भने, “ब्यारिकेड हटाउन खोजेपछि पानीको फोहोरा प्रयोग गरिएको हो, अहिलेसम्म अवस्था नियन्त्रणमै छ र कुनै अप्रिय घटना घटेको छैन।”

शिक्षक महासंघले सरकारसँग वार्ता असफल भएपछि काठमाडौंमा केन्द्रित सडक आन्दोलनलाई अझ तीव्र पारेको छ। बिहान ११ बजेबाट नयाँ बानेश्वरदेखि माइतीघरसम्मको सडक अवरुद्ध गर्दै उनीहरू आन्दोलित छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *