भारतसहित ६ देशका नेपाली राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले भारतसहित विभिन्न ६ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार राजनीतिक नियुक्तिका आधारमा पठाइएका राजदूतहरूलाई फिर्ता बोलाइएको हो।

फिर्ता बोलाइएकामध्ये भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्मा रहेका छन्। त्यसैगरी दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलङ्काका लागि डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुमिना तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ पनि समावेश छन्।

यी राजदूतहरू केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका थिए। नयाँ सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरे पनि उनीहरूले राजीनामा नदिएपछि फिर्ता बोलाउने निर्णय गरिएको हो।

यस निर्णयसँगै हाल १७ देशका नेपाली दूतावास राजदूतविहीन भएका छन्। परराष्ट्र मन्त्रालयले रिक्त पदहरूमा चाँडै नयाँ राजदूत नियुक्त गर्ने तयारी भइरहेको जनाएको छ। फिर्ता बोलाइएका राजदूतहरूलाई एक महिनाको समय दिइएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस