इजरायली सेनाद्वारा गाजामा नयाँ सैन्य आक्रमण सुरु, सयौंको ज्यान गयो

इजरायली सेनाले गाजामाथि नियन्त्रण प्राप्त गर्ने उद्देश्यले नयाँ चरणको आक्रमण सुरु गरेको जानकारी दिएको छ। सेनाले गाजामा व्यापक आक्रमण सञ्चालन गर्दै ठूला संख्यामा फौज तैनाथ गरिएको जनाएको छ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार बिहानदेखि जारी इजरायली आक्रमणमा २५० भन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन्। इजरायलले उत्तरी गाजाका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न आग्रह गर्दै पर्चा वितरणसमेत गरेको छ।

हमास विरुद्धको सैन्य कारबाहीलाई अझ तीव्र बनाउने तयारीस्वरूप इजरायली सेनाले पछिल्ला दिनहरूमा आक्रमणको स्तर बढाएको हो। हमासका अनुसार शुक्रबार मात्र १०० भन्दा बढी मानिसको मृत्यु भएको छ। इजरायलले भने दर्जनौं ‘आतंकवादी लुकेका स्थानहरू’ मा निशाना लगाइएको दाबी गरेको छ।

यस्तै, संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टुएर्कले गाजामाथिको बढ्दो इजरायली आक्रमणको कडा निन्दा गरेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

सिड्नीको रेस्टुरेन्ट बाहिर दिउँसोको समयमा गोलीकाण्ड, तीन जना गम्भीर घाइते
  • २०८२ असार २, सोमबार ०१:३४ बजे

अंकित अधिकारी , अस्ट्रेलियाको सिड्नीस्थित अर्बन क्षेत्रमा रहेको एम ब्रदर्स कबाब शप अगाडि दिउँसोको भीडभाडको समयमा भएको गोलीकाण्डमा दुई पुरुष र एक महिला गम्भीर घाइते भएका छन्। घटनास्थलमा प्रहरीद्वारा क्राइम…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

भिविड सिड्नी २०२५: सिड्नीको रङ्गीन सांस्कृतिक उत्सव
  • २०८२ असार १, आईतवार ०८:०१ बजे

अंकित अधिकारी , सिड्नि  भिविड सिड्नी (Vivid Sydney) अष्ट्रेलियाको सिड्नी शहरमा हरेक वर्ष आयोजना हुने एक प्रमुख सांस्कृतिक उत्सव हो। २०२५ मा यसको १५औं संस्करण २३ मेदेखि १४ जुनसम्म आयोजना…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *