मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु

  • समाचार
  • २०८२ बैशाख ३१, बुधबार १२:१७ बजे

मोरङको तुवामाई गाउँपालिका–३ मिर्चा डागीमा करेन्ट लागेर गएराति दुई जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ७३ वर्षीया सूर्यदेवी गनगाई र ७० वर्षीया रामुदेवी गनगाई रहेको इलाका प्रहरी कार्यालय सिजुवालले जनाएको छ।

विवाह समारोहका लागि माइक जडान गर्न राखिएको बाँस ढल्दा करेन्ट लागेर तीन जना घाइते भएका थिए। घाइतेहरूको रंगेली अस्पतालमा उपचार भइरहेका बेला सूर्यदेवी र रामुदेवीको मृत्यु भएको हो।

अन्य घाइते राधाकुमारी सिंहको झुर्कियास्थित नगर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

मार्मा गाउँपालिकामा जिप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते
  • २०८२ पुष ६, आईतवार ०६:०१ बजे

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

अर्घाखाँचीमा पत्नी हत्या प्रकरण : पति पक्राउ
  • २०८२ भाद्र १७, मंगलवार ०५:२१ बजे

अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *