गल्याङमा आधिखोला महोत्सवको धुमधामसाथ सुरुवात

वैशाख ४, गल्याङ — कृषि, उद्योग, पर्यटन र खेलकुदको विकास गर्ने” मूल नाराका साथ प्रथम “गल्याङ आधिखोला महोत्सव २०८२” को शुभारम्भ आज गल्याङ नगरपालिका–३, तल्लो गल्याङमा भब्य समारोहपूर्वक गरिएको छ। यस महोत्सवको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, प्रदेश सदस्य महेश भट्टराई, पूर्व प्रदेश सदस्य भागवत प्रकाश मल्ल, नगरप्रमुख गुरूप्रसाद भट्टराई, नेपाली कांग्रेसका नगर सभापति श्यामप्रसाद बस्याल लगायत विभिन्न सामाजिक, सांस्कृतिक, व्यावसायिक संघसंस्था, युवा क्लब, आमा समूह तथा स्थानीय नागरिकहरूको उपस्थितिमा सम्पन्न भएको हो।

यो महोत्सव वैशाख १ ५ गतेसम्म चल्ने छ भने यसले गल्याङको सांस्कृतिक, आर्थिक र सामाजिक पहिचानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। कृषि, उद्योग, पर्यटन र खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय उत्पादन प्रदर्शनी, खेलकुद प्रतियोगिता तथा पर्यटकीय आकर्षणहरू समावेश गरिएका छन्।

नगरप्रमुख गुरूप्रसाद भट्टराईले यस महोत्सवले गल्याङको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्दै स्थानीय युवा, उद्यमी तथा कृषकहरूलाई यसअन्तर्गत विभिन्न गतिविधिहरूमा सहभागी हुने आव्हान गरेका छन्। उनले यस अवसरलाई गल्याङको पर्यटन र सांस्कृतिक विरासतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मौका पनि बताए।

यसैगरी, केन्द्रीय सदस्य धनराज गुरुङ ले स्थानीय सरकार र केन्द्रको सहकार्यमा यस्ता कार्यक्रमहरूले ग्रामीण विकासलाई गति दिने बताए। उनले गल्याङलाई कृषि र पर्यटनको हब बनाउने दिशामा अझै धेरै पहलकदमी लिनुपर्ने आवश्यकता रेखे।

यस महोत्सवमा सहभागी हुने विभिन्न कलाकार, खेलाडी तथा उद्योगीहरूलाई पनि सम्मानित गरिने भएको छ। महोत्सवको समापनमा विशेष सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह हुनेछ। स्थानीय तथा बाहिरी पर्यटकहरूले यसलाई उत्साहपूर्वक मनाउने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिने तयारी, एमाले–नेकपा सहकार्यपछि मन्त्रीहरूले दिने भए राजीनामा
    • २०८३ श्रावण १०, आईतवार ०२:३७ बजे

    बुटवल । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने तयारीमा पुगेको छ। कांग्रेसबाट सरकारमा सहभागी शहरी विकास…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    ‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
    • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

    काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *