अक्षय तृतीया विशेष परोपकार, पूजा र परशुराम जयन्तीको दिन

वैशाख १७ बुधबार , हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वतको सेवन तथा दान गरेर श्रद्धापूर्वक मनाइँदैछ।धार्मिक ग्रन्थअनुसार, आजको दिन बिहानै उठी घर सफा गरी स्नानपछि पूजा सामग्री तयार पारेर संकल्प गर्ने परम्परा छ।

दीयो, कलश र गणेशको पूजा गरेर, कलशमाथि अष्टदल बनाइएको तामाको थाली राखी अष्टदलमा भगवान विष्णुलाई सोह्र विधिका सामग्रीहरूसहित पूजा गरिन्छ।

पुरोहितलाई सम्मानपूर्वक पूजा गरेर, तामा वा माटाका भाँडोमा शुद्ध पानी राखी, दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाई सर्वत बनाइन्छ। त्यसपछि जौको सातु र सर्वत दान गर्ने वैदिक परम्परा अनुसार दान गरिन्छ।धार्मिक शास्त्रअनुसार, यस दिन गरिने स्नान, दान, ध्यान, जप आदि पुण्य कर्महरू कहिल्यै नाश हुँदैनन्।

गर्मीमा अमृत समान मानिने जौको सातु र सर्वतले शरीरलाई शीतलता दिने मात्र नभई शक्ति प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने प्रा.डा. देवमणि भट्टराई (वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग) ले बताउनुहुन्छ।

आजको दिन वृद्धहरूलाई छाता, लौरो र कपडाका जुत्ता दिने तथा सामर्थ्य अनुसार गाई, जमिन, अन्न र सुन जस्ता मूल्यवान वस्तुहरू दान गर्ने परम्परा पनि छ, जसले असहाय तथा विपन्न वर्गलाई सहायता पुग्छ।

यही दिन परशुराम ऋषिको जन्मजयन्ती पनि मनाइन्छ। अष्टचिरञ्जीवीमध्ये एक परशुराम वैशाख शुक्ल तृतीयाका दिन जन्मिएका थिए भन्ने कुरा पुराणहरूमा उल्लेख गरिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फेवाताल किनारमा डोजरपछि जलारी समुदाय चिन्तित: उठिबासको डर, विकल्पको माग
  • २०८२ चैत्र २४, मंगलवार ०८:५३ बजे

पोखरा । फेवाताल किनारमा महानगरपालिकाले मापदण्ड कार्यान्वयनका क्रममा डोजर चलाएपछि जलारी समुदाय चिन्तित बनेको छ। तालघरबाट ६५ मिटर मापदण्ड कायम गर्ने अभियानअन्तर्गत संरचना हटाउन थालिएपछि खपौदी, बैदाम, सेदीलगायत क्षेत्रमा बसोबास…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *