शिक्षक र सरकारबीच वार्ता निष्कर्षविहीन, मन्त्रीहरूको कडा धारणा प्रति असन्तुष्टि

मंगलबार राति सिंहदरबारमा शिक्षकहरू र सरकारबीच वार्ता भयो। वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी थिए। तर, वार्ता कुनै निष्कर्षमा पुग्न सकेन।

अर्थमन्त्री पौडेल करिब एक घण्टा मात्रै वार्तामा बसेर निस्किए भने केही समयपछि गृहमन्त्री लेखक पनि बाहिरिए। वार्तामा सहभागी एक शिक्षकका अनुसार, शिक्षामन्त्री र गृहमन्त्री दुवै कडा शैलीमा प्रस्तुत भएका थिए। विभागीय मन्त्रीहरूकै यस्तो रवैयाले शिक्षकहरूमा शंका बढेको बताइएको छ। नेपाल शिक्षक महासंघले बुधबार बसेको बैठकमा मन्त्रीहरूको व्यवहारबारे समीक्षा गरेको छ।

वार्तामा सहभागी एक शिक्षकले बताए अनुसार गृहमन्त्रीले शिक्षकहरूलाई पानीको फोहोरा र लाठीचार्ज गरिएको विषयमा बोलेका थिए। साथै, विद्यार्थी सडकमा आए यस्तो स्थिति नदोहोरिने पनि उनले स्पष्ट पारेका थिए। शिक्षामन्त्री पन्तले पनि शिक्षा ऐनको विषयमा टिप्पणी गर्दै शिक्षकहरूले मुद्दा हालेर केही हासिल गर्न नसक्ने भन्दै प्रतिक्रिया दिएका थिए।

बुधबार बिहान रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकपछि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले सरकार शिक्षा ऐन ल्याउने विषयमा गम्भीर नदेखिएको टिप्पणी गरिन्। उनका अनुसार, मंगलबार रातिको वार्ताबाट पनि सरकारको असंवेदनशीलता प्रस्टिएको छ।

शिक्षकहरूले चैत २० गतेदेखि माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रमा आन्दोलन गर्दै आएका छन्। उनीहरूले अघिल्लो सहमति अनुसार शिक्षा ऐन ल्याउन माग गरेका छन्। यद्यपि, पटक–पटक वार्ता भए पनि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन। मंगलबार रातिको वार्तामा शिक्षकहरूले सरकारलाई नौ बुँदे प्रस्ताव पनि पेश गरेका थिए।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *