आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस – श्रमिक अधिकारको सम्मानमा समर्पित दिन

आज मे १ तारिख, विश्वभर १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। यो दिवस श्रमिकहरूको अधिकारको प्रत्याभूति, पेसागत मर्यादा र सम्मानको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ।

सन् १८८६ को मे १ मा अमेरिकाको शिकागोमा सुरु भएको ऐतिहासिक मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाइन्छ। ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको आन्दोलनको क्रममा हेयमार्केट क्षेत्रमा भएको बम विस्फोट र प्रहरीको गोली लागेर सात जना मजदुरले ज्यान गुमाएका थिए। यस आन्दोलनले अन्ततः श्रमिक हकका लागि सफलता प्राप्त गर्‍यो।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रम संगठनहरूको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरेपछि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालियो।

नेपालमा पनि यो दिवसको परम्परा २००३ सालमा विराटनगरमा भएको श्रमिक आन्दोलन र २००७ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको हो। विशेषगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि मे दिवसलाई राष्ट्रिय मान्यता दिइएर सार्वजनिक बिदा दिन थालिएको हो। नेपाल ट्रेड युनियन महासङ्घका अनुसार, पहिलो पटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले औपचारिक रूपमा मे दिवस मनाएको थियो।

आजको दिनमा नेपालभर मजदुर संगठनहरूद्वारा विविध कार्यक्रम आयोजना गरी श्रमिकहरूको हक, अधिकार, र सम्मानका लागि आवाज उठाइँदैछ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *