काठमाडौंमा वर्षाले जनजीवन प्रभावित

काठमाडौं — राजधानी काठमाडौंमा आज बिहानैदेखि लगातार वर्षा भइरहेको छ। बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न भागहरूमा वर्षा भइरहेको मौसमविद्हरूले जनाएका छन्।

काठमाडौंमा हल्का वर्षा भइरहे पनि आकाश घमिलो र धुम्म रहेको छ। यस्तो प्रतिकूल मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरूमा अवरोध पुगेको छ। काठमाडौँबाट विभिन्न गन्तव्यतर्फका उडानहरू ढिलाइ भएका छन्।

मौसमविद्हरूले आगामी दुई दिनसम्म देशका धेरैजसो स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन्। बागमती, कोशी, र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि वर्षा जारी छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आयल निगमको स्पष्टीकरण: कच्चा तेलसँग तुलना गरेर इन्धन मूल्य महँगो भन्नु भ्रमपूर्ण
  • २०८३ बैशाख ६, आईतवार ०१:११ बजे

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको छ। कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *