भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अर्को नेपाली छात्राको निधन

भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरमा अवस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा फेला परेकी छन्। वीरगञ्जकी प्रिशा विश्वविद्यालयको पहिलो वर्षमा अध्ययनरत थिइन्। उनी चौथो तलामा रहेको छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ।

हिजो साँझ नियमित निरीक्षणको क्रममा कोठाको ढोका नखुलेपछि जबरजस्ती खोलेर हेर्दा उनी मृत भेटिएको विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ।

यसअघि पनि सोही विश्वविद्यालयमा बुटवलकी छात्रा प्रकृति लम्सालको शव झुण्डिएको अवस्थामा फागुन महिनामा फेला परेको थियो। प्रकृतिको मृत्युपछि विश्वविद्यालयमाथि लापरवाही गरेको आरोप लागेका थिए र त्यसपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयका कर्मचारी र प्राध्यापकहरू आक्रोशित बनेका थिए।

उक्त घटनापछि नेपाली विद्यार्थीहरूले आन्दोलन गरेपछि तनाव उत्पन्न भएको थियो। विश्वविद्यालयले छात्राहरूमाथि दमन गर्दै केहीलाई निकालिएको समेत आरोप लाग्यो। प्रकृतिको मृत्युसम्बन्धी घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने राज्य सरकारले पनि छानबिन गरिरहेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *