भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अर्को नेपाली छात्राको निधन

भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरमा अवस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा फेला परेकी छन्। वीरगञ्जकी प्रिशा विश्वविद्यालयको पहिलो वर्षमा अध्ययनरत थिइन्। उनी चौथो तलामा रहेको छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ।

हिजो साँझ नियमित निरीक्षणको क्रममा कोठाको ढोका नखुलेपछि जबरजस्ती खोलेर हेर्दा उनी मृत भेटिएको विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ।

यसअघि पनि सोही विश्वविद्यालयमा बुटवलकी छात्रा प्रकृति लम्सालको शव झुण्डिएको अवस्थामा फागुन महिनामा फेला परेको थियो। प्रकृतिको मृत्युपछि विश्वविद्यालयमाथि लापरवाही गरेको आरोप लागेका थिए र त्यसपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयका कर्मचारी र प्राध्यापकहरू आक्रोशित बनेका थिए।

उक्त घटनापछि नेपाली विद्यार्थीहरूले आन्दोलन गरेपछि तनाव उत्पन्न भएको थियो। विश्वविद्यालयले छात्राहरूमाथि दमन गर्दै केहीलाई निकालिएको समेत आरोप लाग्यो। प्रकृतिको मृत्युसम्बन्धी घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने राज्य सरकारले पनि छानबिन गरिरहेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *