वैशाख २२, झापाको कनकाई नगरपालिका–५ स्थित सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले भारतीय नम्बरको मोटरसाइकलबाट करिब २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ।
बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलको झोलाबाट लागुऔषध फेला परेको हो। सोमबार बिहान ८:४० बजे प्रहरी टोलीले रोक्न खोज्दा चालक मोटरसाइकल र झोला छाडेर भागेका थिए।
प्रहरीलाई देख्नेबित्तिकै फरार भएका चालकलाई रोक्न दुई राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।









