गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको माग गर्दै व्यवसायी र संघसंस्थाहरूको धर्ना

  • फिचर
  • २०८२ बैशाख २४, बुधबार ०२:२३ बजे

बैशाख २४, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्न माग गर्दै उद्योग व्यापार सङ्गठन रुपन्देही (रुपन्देही चेम्बर अफ कमर्स) को अगुवाइमा विरोधसभा र धर्ना कार्यक्रम आयोजना गरिएको छ ।

पछिल्लो समय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेपछि निजी क्षेत्र गम्भीर संकटमा परेको भन्दै आयोजकहरूले प्रतीकात्मक रूपमा दिनको एक घण्टा धर्ना दिएका हुन्। संस्थाका अध्यक्ष दर्पण श्रेष्ठले अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा व्यापार, पर्यटन र स्थानीय अर्थतन्त्रमा गम्भीर असर परेको बताए।

विरोध कार्यक्रममा सिद्धार्थ सञ्जाल, लुम्बिनी इँटा व्यवसायी सङ्घ, ट्राभल्स एण्ड टुर अपरेटर्स नेपाल, नेपाल भन्सार एजेन्ट सङ्घ, ट्रक यातायात व्यवसायी सङ्घ, सहकारी सञ्जाल, वैदिक सनातन धर्म सेवा समिति, नेवा खलः, किराना तथा प्लास्टिक व्यवसायी सङ्घ लगायतका दर्जनौँ संघसंस्थाहरू ब्यानरसहित सहभागी थिए।

विमानस्थलका सूचना अधिकारी विनोद राउतका अनुसार केन्द्रबाट उडान पुनः सुरु गर्न पहल भए पनि कुन एयरलाइन्सले कहिलेबाट सेवा सुरु गर्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
    • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

    काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
    • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

    सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *