दक्षिण कोरियाको लागि एनओसी वितरण अस्थायी रूपमा रोकियो

बैशाख ३० काठमाण्डौ, नेपाली विद्यार्थीहरूका लागि लोकप्रिय गन्तव्य मानिएको दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) अब अर्को सूचना नआएसम्म वितरण नहुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न गुनासाहरूका आधारमा एनओसी वितरण अस्थायी रूपमा स्थगित गरेको हो।

कोरियामा अध्ययन गर्न गएका विद्यार्थीहरूले भोग्नु परेको समस्याका कारण कोरियास्थित नेपाली दूतावासमा गुनासा बढेपछि दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको थियो। परराष्ट्र मन्त्रालयले पनि विद्यार्थीहरूका समस्याबारे शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै समाधानको लागि ध्यानाकर्षण गराएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो पाँच वर्षमा दक्षिण कोरियाका लागि ३१,९७३ एनओसी जारी भएका छन्। यस वर्ष मात्रै करिब १० हजार एनओसी वितरण गरिएको गोरखापत्रमा उल्लेख छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिने तयारी, एमाले–नेकपा सहकार्यपछि मन्त्रीहरूले दिने भए राजीनामा
  • २०८३ श्रावण १०, आईतवार ०२:३७ बजे

बुटवल । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने तयारीमा पुगेको छ। कांग्रेसबाट सरकारमा सहभागी शहरी विकास…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

त्रिवि प्रश्नपत्र लिक प्रकरण: स्ववियुद्वारा व्यवस्थापन संकायका डिन र सहायक डिनको राजीनामा माग
  • २०८३ श्रावण १०, आईतवार ०२:३४ बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन संकायका डिन र परीक्षा हेर्ने सहायक डिनको राजीनामा माग गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *